Agni Offset Press

ओलीको निर्देशन नआई सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेले कसैलाई समर्थन गर्दैन : राजेन्द्रसिंह रावल

Aarati simant

नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले वैशाख ४ गते दिउँसो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी जुटाए । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीलाई बिच्किन नदिन उनीहरूले सो निर्णय गरेका थिए ।
सोहीअनुसार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेका एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका दीर्घ सोडारी मुख्यमन्त्री दाबी पेस गर्ने तयारीमा छन् ।
तर, गठबन्धनको प्रमुख दल एमालेले उनको नाममा सहमति जनाएको छैन । मंगलबार दिउँसो एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि सोडारीलाई स्वीकार गर्न नसक्ने अडान एमालेले लिएपछि सुदूरपश्चिमको सत्ता राजनीति अनिश्चयमै छ । एमालेले मंगलबार बेलुका १० बजेपछि व्यक्तिका विषयमा खोँचे थापेको अन्य दलले गुनासो गरेका छन् ।
यसै विषयमा सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँग गरेको कुराकानी :
एकीकृत समाजवादीका दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री मान्न एमाले किन तयार नभएको हो ?
मैले त अहिलेसम्म केही पनि बोलेको छैन । कहाँकहाँबाट केके आउँछ, त्यो अलग कुरा हो । मैले के मात्र भनेको छु भने पार्टी नेतृत्वको निर्देशन मान्नुप¥यो । किनभने दलीय व्यवस्थामा संघ र प्रदेशबीचको आपसी सम्बन्धको कुरा हो यो ।
संघ र प्रदेश सरकारमा गठबन्धन बनेपछि अहिले गठबन्धनका तर्फबाट संयुक्त रूपमा म भएको ठाउँमा आउनुप¥यो नि त ! मेरो नेतृत्व (अध्यक्ष केपी शर्मा ओली) ले मलाई पनि केही भन्नुप¥यो । उहाँचाहिँ अहिले इलाममा हुनुहुन्छ । उहाँको सहमति लिनैपर्ने हुन्छ । अब दलको बैठकले मलाई केही निर्देशन ग¥यो भने, (समर्थन) दिनु है भनेर मलाई भन्नुप¥यो। त्यो मसँग आइपुगेको छैन ।
केन्द्रमा बनेको सहमति तपाईंसम्म पुगेन भन्नुभएको ?
केन्द्रमा बनेको सहमति जुन छ, त्यसअनुसारले मुख्यमन्त्री बनाउन कुनचाहिँ पात्र हो, त्यो मलाई आएको छैन । आउनेबित्तिकै म त्यही काम पूरा गर्छु । मूलतः सुदूरपश्चिमका सन्दर्भमा नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, नेकपा माओवादी र एमाले चारै दलका नेताले निर्णय गरेको करा कुरा त आउनुप¥यो नि मसम्म। त्यो भनेको हाम्रो अध्यक्ष केपी शर्मा ओलीमार्फत आउनुप¥यो । अरू त केही पनि छैन ।
तपाईंको अडान मुख्यमन्त्री को हो भनेर लेखेरै पठाउनुप¥यो ।
कमसेकम मलाई आधिकारिक रूपमा निर्देशन गर्ने च्यानल पनि होला नि त । त्यसकारण उहाँ (केपी ओली) अहिले बाहिर हुनुहुन्छ । अनि भोलि (वैशाख ६) सम्मको समय नै छ ।
तर, मान्छे किन पहिले नै आत्तिएर केके गर्छन्, उहाँहरूको सरोकार हो । मैले मात्र के भनेको छु भने, नेतृत्वबाट आधिकारिक रूपमा कुरा आउनेबित्तिकै म लेखेर दिन्छु भनेको छु । अनि आज सार्वजनिक बिदा नै हो । यो कति व्यग्रता, कति यो…? मैले बुझिराखेको छैन ।
एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भनिसकेपछि पात्रमा तपाईंहरूको चासो किन ?
एमालेको संसदीय दलको नेता म हुँ । मैले कुनै ठाउँमा अभिव्यक्ति पनि दिएको छैन । तर, मान्छेहरू आफै केके कुरा लेख्छन् । पात्रका बारेमा प्रस्ट जानकारी माथिबाट आएको छैन । बिनापात्र त हुँदैन नि । पात्रकै नाम लेख्नुपर्छ । को हो त भन्नेबारे मलाई त मेरो च्यानलबाट आउनुप¥यो नि । त्यति मात्र हो ।
एकीकृत समाजवादीलाई दिने कुराको जानकारी नै तपाईंलाई नभएको कि, व्यक्तिको नाममा आपत्ति हो ?
(समर्थनपत्र) लेख्दाखेरि त मैले नाम लेख्नुप¥यो नि । मुख्यमन्त्री एकीकृत समाजवादी लेखेर त हुँदैन नि त्यहाँ । हाम्रो दलको समर्थन उहाँलाई भनेर नामै लेख्नुपर्ला नि ।
दीर्घ सोडारीलाई एकीकृत समाजवादीले अघि सारिसकेको छ, उहाँ दलको नेता पनि हो, उहाँबाहेक नाम देऊ भन्न मिल्छ र ?
अर्का दलको बारेमा मैले भन्ने कुरा होइन । व्यक्तिगत रूपमा कमेन्ट गर्न मलाई आवश्यक पनि छैन । मैले जानेको कुरा के हो भने संविधानको धारा १६८ को (२) मा त्यहाँ के छ भने, दुई वा दुईभन्दा बढी दलका नेताहरूले समर्थन गरेको प्रदेश सभाको सदस्य मुख्यमन्त्री हुन सक्ने लेखिएको छ ।
त्योसँग पनि सरोकार नै छैन । सरोकार केमा भन्दा मलाई मेरो दलको तर्फबाट आधिकारिक रूपमा यो सहमति बन्यो, फलानोलाई समर्थन देऊ भनेर आउनुप¥यो ।
अध्यक्ष केपी शर्मा ओलीले नै मौखिकरूपमा भन्दा हुन्छ कि लिखित नै पठाउनुप-यो ?
लिखित नै । दलीय व्यवस्थामा च्यानलबाट आउँछ । उहाँले मलाई दिनेबित्तिकै संसदीय दलको बैठक डाक्छु, अनि निर्णय गर्छु । दलले निर्णय गर्न नसक्ने कुरा होइन । मूल कुरा अहिलेको सवाल जोडिएको भनेको त माथिको गठबन्धन र तलका सबै भागबण्डामै आएका छन् नि त । अरू दलले पनि आफ्ना दलबाट निर्णय गरेका त होलान् । बिनानिर्णय, बिनानिर्देशन गरेका होइनन् ।
हामी देखिरहेका छौँ–कर्णाली माओवादीले छोड्नुप¥यो, लुम्बिनी लिएकै छ । अनि बागमती लिएकै छ । बागमतीमा पनि यो पात्र भनिएको होला । त्यसैगरी सबै दलका चारै नेता बसेर यो हो भनेरचाहिँ भन्नुप¥यो ।
पात्रका विषयमा तपाईंहरूलाई कुनै समस्या होइन त्यसो भए ?
मेरो दलको नेतासमेत संलग्न भएर निर्णय गर्नुप¥यो । मेरो दलको निर्णयबिना मैले कसरी मान्ने ? हिजो अकस्मात् (एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने) आयो । अनि अर्काे कुरा, एउटा गठबन्धनमा हामी छौँ माथि र तल, अनि तल मैले स्वतन्त्र निर्णय गराउन मिल्छ र ? त्योमाथि नैतिक प्रश्न हुन्छ कि हुँदैन ? त्यो बारेमा पनि गठबन्धन दलले विचार पु¥याउनुपर्छ ।
केन्द्रबाट जसलाई तोकेर पठाए पनि सुदूरपश्चिम एमालेलाई समस्या छैन उसो भए ?
पात्र तोकिएर आउनुप¥यो मलाई । माथिबाट आएको निर्णय कार्यान्वयन गर्छु । पार्टीहरूले गरेको सर्वदलीय सर्वपक्षीय गठबन्धनको निर्णय आउनुप¥यो । शीर्ष नेताहरूको निर्णय आउनुप¥यो नि मसँग । त्यो हुनेबित्तिकै मैले रोक्दिनँ, त्यसमा मेरो विवादै छैन ।
यदि तपाईंले भनेजसरी नाम आएन, वा केन्द्रले पठाएन भने के गर्नुहुन्छ ?
नआएपछि त हामी नियममा बाधिन्छौँ । हाम्रो पार्टीको नियम, कानुन छ । पार्टी सिस्टम छ, त्यसलाई नमानी मेरो पार्टी जान सक्तैन । एमाले जान सक्तैन । एमाले आफ्नो पार्टी च्यानलले गरेको निर्णय मात्र बोक्छ । मैले तल एउटा चिज गर्ने, माथि अर्काेले अर्कै गर्ने, यो हुँदैन । हामीहरूको यो सिस्टम छैन । नेता, नीति र आफूमाथि विश्वास राख्ने हो ।
आज एकतिर ग¥या छ, भोलि अर्काेतिर ग¥या छ । के विश्वास हुन्छ ? त्यसको विश्वसनीयता गुम्छ । नेतृत्वले जे निर्णय गर्छ, नेतृत्वले जे चिज बनाउँछ सार्वजनिक रूपमा, मलाई आउने निर्णय नेतामार्फत हो । मेरो नेतृत्वले मलाई भन्नेबित्तिकै म त्यो कार्यान्वयन गराउँछु । म अप्ठेरो पार्दिनँ। भन्नेबित्तिकै गर्छु । एक सेकेन्ड लगाउँदिनँ । नेपाल खबरबाट साभार

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.