Agni Offset Press

सिकलसेल एनिमियालाई नियन्त्रण गर्ने विद्यालय स्तरमा नै परीक्षण बढाउँन जरुरी : परराष्ट्रमन्त्री राणा

Aarati simant

अत्तरिया : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सिकलसेल एनिमियालाई नियन्त्रण गर्ने विद्यालय स्तरमाबाट नै बिरामीमा सिकलसेल एनिमिया रोग भए\नभएको यकिन गर्न रगतको परीक्षण गर्ने आवश्यक रहेको बताएकी छन ।

कैलालीको कैलारी गाउपालिकामा नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघ कैलाली आयोजनामा भएकोे प्रथम जिल्ला भेलालाई सम्बोधन गदै परराष्ट्रमन्त्री राणाले नेपालका आदिवासी थारू जातिमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमिया सम्बन्धी रोगबाट प्रभावित लाई राज्यले थप सुविधा दिनु पर्ने उनले बताइन ।
यो रोग अमेरिका, अफ्रिका लगायत अन्य मुलकका निश्चित समुदायमा पनि देखिने गरेको हुदाँ यसलाई नियन्त्रण गर्ने सकिने कुरामा मन्त्री राणाको जोड छ । सिकलसेल एनिमिया रोगलाई तत्काललाई नियन्त्रण गर्ने समुदाय स्तर र विद्यालयमा परीक्षण बढाउँन जरुरी रहेको उनको भनाई छ । राणाले भनिन् मेरो वचपन पनि बर्दियाको थारु गाउँमा वितेको हो, त्यसैले थारु समुदायलाई आफुले नजिक बाट चिन्ने मौका पाएको छु , त्यस्तै मन्त्री राणाले नेपालको मध्यपश्चिम क्षेत्रमा रहेको कमैया प्रथालाई मुक्ति गर्ने काम नेपाली काग्रेसले गरेको बताइर्न ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेका कमैयालाई दासताबाट मुक्ति दिलाई सक्षम नागरिकका रूपमा पुनस्र्थापना गर्ने काम नेपाली कांगे्रसले गरेको स्मण गराउँदै राणाले अहिले पनि नेपालमा थारुको पक्षमा वकालत गर्ने पाटी कांग्रेस मात्रै रहेको दावी गरिन् । नेपाली कांग्रेस थारु विभाग तथा नेपाल थारु संघ कैलाली आयोजनामा भएकोे प्रथम जिल्ला भेला केन्द्रिय सदस्य योगेन्द्र चौधरी, रामजनम चौधरी, नारायण मिश्र, जिल्ला सभापति नारायण भट्ट लयागतले सम्बोधन गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.