
अत्तरिया, २९ माघ : गोदावरी नगरपालिका–२ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलले २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
जनकल्याण इंग्लिश स्कूलका अध्यक्ष दीपिका हमालको अध्यक्षता आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि सुदूरपस्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले गरेकी थिइन् । प्रमुख अतिथि सांसद तुलसी देवकोटाले विद्यालयमा शिक्षा सुधारको लागी शिक्षक लगायत टीमले मात्र नभई अभिभावकले पनि विद्यार्थीको उत्कृष्ट शिक्षामा जोड दिन आवश्यक रहेको बताईन । उनले विद्यालयमा अभिभावकको भूमिका केवल बच्चाहरूलाई पठाउन सीमित हुनुहुँदैन । उनीहरूले विद्यालयमा कस्तो सिकाइ भइरहेको छ, बच्चाहरूको व्यवहार, अतिरिक्त क्रियाकलाप र शैक्षिक प्रगति बुझ्न आवश्यक रहेको बताईन । ‘शिक्षालयको उद्देश्य पूर्णरूपमा सफल बनाउन अभिभावक र शिक्षकबीच स्पष्ट समन्वय हुनु जरुरी छ’ उनले भनिन, अहिलेको अवस्थामा विद्यालयहरूले क्षमताअनुसार प्रविधि शिक्षामा जोड दिएनन् भने शिक्षा स्तर खस्कँदै जान्छ । हरेक विद्यालयमा प्राविधिक शिक्षा समावेश गर्न आवश्यक छ ।’
प्रविधि शिक्षाले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने भएकाले उनीहरू केवल सैद्धान्तिक रूपमा मात्र होइन, व्यावसायिक रूपमा पनि सक्षम बन्न सक्दनुपर्ने उनले उल्लेख गरिन ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक योगेन्द्र हमालले वि सं २०५४ सालमा ८ जना विद्यार्थीहरूको संख्याबाट एउटा भाडाको भरमा सञ्चालनमा ल्याइएको विद्यालयले अहिले आफ्नै स्वामित्वको भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइरहेको जानकारी दिए । अहिले विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्मका ७ सय ५० जना विद्यार्थीहरुलाई पढ्नपाठन गराउँदै आइरहेको उनले बताए । उनले जनकल्याण स्कूल कक्षा १० सम्म मात्र नरहेर विद्यार्थीहरुलाई प्राविधिक शिक्षाम समेत जोड दिनुकासाथै विद्यार्थीहरुलाई पढाईको गुणस्तरमा विशेष किसिमको जोड दिँदै अगाडि बढेको बताए ।
विद्यालयले २६औं वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, द्वृतिय, तृतीय, साथै उत्कृष्ट विद्यार्थीहरु लगायत विभिन्न विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । साथै वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो रोचक नृत्य, गीत, मन्तव्य प्रस्तुति गरेका थिए । विद्यार्थीहरुले संस्कृति भेषभुषा झल्किने कल्चरल फेसन शो प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रतिभाहरू प्रस्तुत गरिएको थियो ।
मिडियाकर्मी शारदा फूलाराले सञ्चालन गरेकी वार्षिकोत्सव समारोहमा विशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश सदस्य खेमादेवी विष्ट रहेकी थिइन् भने विभिन्न संघसंस्थाका प्रतिधिनिधि, समाजसेवी, वुद्धिजिवि, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
