Agni Offset Press

लालपुरको सुनगाभा मन्टेश्वरी स्कुल द्वारा प्याब्सन केन्द्रको सचिवमा निर्वाचित हमाललाई सम्मान

Aarati simant

अत्तरिया, १२ चैत : कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा रहेको जनकल्याण सेकेन्डरी स्कूलको संस्थापक यज्ञ हमाल (योगेन्द्र) सम्मनित भएका छन् ।
मंगलबार एक कार्यक्रमका विच गोदावरी नगरपालिका–६ लालपुरमा रहेको सुनगाभा मन्टेश्वरी स्कूलले सम्मान गरेको हो । भर्खरै सम्पन्न निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) १६ औँ अधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट अत्याधिक मतका साथ सचिव पदमा निर्वाचित भएका थिए । ‘यो जितले सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा योगदान पु-याउने विश्वास लिएको छ’, हमाललाई दिएको सम्मान पत्रमा भनिएको छ । ‘शिक्षाको गुणस्तर अभिवृद्धि, नीति निर्माण तथा संस्थागत विकासको क्षेत्रमा तपाईको नेतृत्व प्रेरणादायी हुनेछ ।’

शिक्षा क्षेत्रको उन्नतिका लागि तपाईको निरन्तर सक्रियता, लगनशिलता र समर्पण सरानीय रहेको सुनगाभा मन्टेश्वरीका प्रिन्सिपल दिर्घबहादुर साउँद द्वारा हस्ताक्षरित सम्मानपत्रमा उल्लेख गरेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.