धनगढी : कैलालीमा खेत जोत्दा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-६ गप्कास्थित सोही ठाउँ वस्ने ५० वर्षीय रामलाल थारुको खेत जोत्दा ट्याक्टर पल्टिएर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालीको खेत जोतिरहेको अवस्थामा उक्त ट्याक्टर पल्टिन गई ट्याकटरले च्यापिएर सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।