अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया क्षेत्रमा दिनदहाडै मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न मुख्य अभियुक्तसहित तीन जना पक्राउ परेका छन्। मंगलबार से ७ प ३६९६ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला कैलाली गोदावरी–९ बल्मी बस्ने करिब २२ वर्षीय केशव चौधरीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चौधरीसँगै चोरीमा संलग्न थप दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी मालाखेती ईप्रका प्रमुख हिरा सिंह महराले बताएका छन ।
केशव ट्रेड लिङ्क अत्तरिया क्षेत्रबाट भएको उक्त चोरी घटनापछि प्रहरीले सक्रिय अनुसन्धान थालेको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको मालाखेती ईप्रका प्रमुख डिएसपी हिरा सिंह महराले जानकारी दिएका छन्।