अत्तरिया : आउँदो असोज ३० गते कैलालीको गोदावरी नगरपालिका अत्तरियामा साझा संगीतको आयोजनामा लाइभ म्यूजिक कन्सर्ट हुने भएको छ ।
कार्यक्रम अत्तरिया स्थित सृजनशिल युवा क्लब संगको सहकार्यमा क्लबको खुला मञ्चमा दिउँसो ३ बजे देखि राति ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
तिहार पर्वलाई लक्षित गर्दै आयोजना हुने कन्सर्टमा आयोजक साझा संगीतको प्रस्तुति सहित अनन्त ब्यान्ड, धनगढीको सोच ब्यान्ड र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ । साझा संगीतका सञ्चालक धिरज महराले कन्सर्टमा दर्शकका लागी नास्ताका स्टलहरु र सुरक्षाको विशेष व्यवस्था गरिएको साथै कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिए ।
यस्तै यसअघि पनि दशैं–तिहारको अवसरमा सोही स्थानमा म्यूजिक कन्सर्ट सम्पन्न गरिसकेको साथै यसपटक अझ आकर्षक प्रस्तुति हुने महराले जानकारी दिए ।