काठमाडौं : काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । भुसालसँगै सञ्जीव दाहाल र अर्का एक व्यक्तिसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनालाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । डा. भुसालको नेतृत्वमा एक समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो । प्रदर्शनको उद्देश्य र विषयवस्तुबारे विस्तृत जानकारी आइनसके पनि, प्रहरीले उनीहरूलाई प्रदर्शन सुरु हुनुअघि नै नियन्त्रणमा लिएको हो ।
माइतीघर, बबरमहर र बानेश्वर क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।