राति १० बजेपछि मनोरञ्जनसम्बन्धी व्यवसाय खुल्ला नगर्न कैलाली प्रशासनको अनुरोध

अत्तरिया, २९ असोज : कैलाली जिल्ला प्रशासनले राति १० बजेपछि होटल तथा मनोरञ्जनसम्बन्धी व्यवसाय सञ्चालनको निश्चित अवधि तोकेको छ । मंगलबार एक सूचना जारी गर्दै होटल, डान्सबार, दोहोरी साँझ लगायत मनोरञ्जनसम्बन्धी व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न भनेको हो ।

जारी सूचनामा भनिएको छ –‘सार्वजनिक सुरक्षा, सु व्यवस्था र सामाजिक मर्यादा राख्ने उद्देश्यका साथ अर्को व्यवस्था नभएसम्मका लागि सबै किसिमका होटल व्यवसाय, दोहोरी साँझ, डान्सबार लगायतका मनोरञ्जनसम्बन्धी व्यवसायहरु राति १० बजेसम्ममात्र सञ्चालन गर्न गराउन हुन सम्बन्धीत व्यवसायीहरुलाई जानकारी गराइन्छ ।’

कैलालीमा अहिलेसम्म दोहोरी साँझ र डान्सबारहरु तथा केही निश्चित होटल व्यवसायहरु रातिको १ बजेसम्म निर्वाध रुपमा व्यवसायहरु सञ्चालन हुँदै आएको गुनासो रहेको छ । होटल व्यवसायीहरुले रातिको समयमा ग्राहाकको चाँप हुने समय भएकाले राति अवेरसम्म व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । जारी सूचनामा भनिएको छ –‘यो सूचनाको अवज्ञा गरि कानुन विपरितका कार्यहरु गरे–गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.