अत्तरिया-धनगढी ६ लेन सडकमा कार दुर्घटना, ३ जना गम्भिर घाइते

अत्तरिया : अत्तरिया–धनगढी ६ लेन सडकमा सोमबार राति करिब सवा एक बजेतिर भयानक कार दुर्घटना भएको छ । तिब्र गतिमा रहेको कार धनगढी उपमहानगरपालिका १३ एयरपोर्ट मोड नजिकै सडक किनारमा रहेको रेलिङ् ठोक्किएर से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार तिब्रगतिमा रहेको कार अनियन्त्रीत भै दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना गम्भिर घाइते भएका छन ।

घाइते हुनेमा १८ बर्षीया सनिया चौधरी, चालक ३५ बर्षका रामसाय राना (भगत) र ३७ बर्षीय उपदेश ठाकुर रहेका छन । दुर्घटना पश्चात प्रहरीले उद्दार गरि घाइतेहरुलाई माया मेट्रो अस्पताल पुराएका थिए । घाइते तिनै जनाको आइसियुमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.