कैलालीका सिडिओ लम्सालको सरुवा, रेग्मी आउने

अत्तरिया : कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णप्रसाद लम्सालको सरुवा भएको छ। गृहमन्त्रालयले देशभरका ३० सिडिओको सरुवा गर्ने क्रममा कैलालीका सिडिओ लम्साल पनि सरुवामा परेका हुन। कैलालीमा कृष्णप्रसाद लम्सालको ठाउँमा नयाँ सिडिओ हिरालाल रेग्मी पठाइएका छन्।

सुदूरपश्चिममा कैलाली सहित अछाम र डडेल्धुराका सिडिओ सरुवा गरिएका छन। अछामका सिडिओ आनन्द सारुलाई सरुवा गर्दै बिष्णुप्रसाद कोइराला पठाइएको छ। यस्तै डडेल्धुराका सिडिओ जनार्दन गौतमको स्थानमा भने कसैलाई नपठाई सरुवा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.