चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ

अत्तरिया : कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ स्थित बजारमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाइ पक्राउ गरिएको हो ।

चेकजाच गर्दा उनको साथबाट ५२ मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित चन्दलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट सोही ठाँउ बस्ने एक किशोरीलाई ५ मिलिग्राम खैरो हेरोइन र १ ग्राम २४ मिलिग्राम चरेशसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.