अत्तरिया : गोदावरी नगरपालिका वडा नं. २, अत्तरिया स्थित सत्यवती एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको दोस्रो दिन ८ खेलहरू सम्पन्न भएका छन्।
दोस्रो दिनको पहिलो खेलमा समैजी माध्यमिक विद्यालयले पुष्पाञ्जलि आवासीय माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्यो। यसैगरी दोस्रो खेलमा खप्तड विद्या निकेतनले रिज एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गर्यो। तेस्रो खेलमा बाल वाटिकाले एभरेष्टलाई ३–० ले हरायो भने चौथो खेलमा सत्यवतीले होलिल्याण्डलाई ६–० ले फराकिलो अन्तरले पराजित गर्यो।
पाँचौँ खेलमा लोटस र गुरुकुलबीच प्रतिस्पर्धा भएको खेल टाइ ब्रेकरमा पुग्दा लोटस विजयी बन्यो। छैटौँ खेलमा बाल वाटिकाले दुर्गा भवानीलाई २–१ ले पराजित गर्यो। सातौँ खेलमा साधना पथले खप्तडलाई २–१ ले हरायो। त्यस्तै आठौँ तथा अन्तिम खेलमा एरिस्टोले दुर्गा ज्योतिलाई १–० को पराजित गर्दै शानदार जित दर्ता गरेको हो ।