अत्तरिया : गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको सत्यवती एकेडेमीको आयोजनामा प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको को विजेता आयोजक सत्यवती एकेडेमी विजयी भएको छ ।
कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगिता २३ विद्यालयका टिमबीच भएको प्रतिस्पर्धामा बुधबार समैजी माध्यमिक विद्यालय टीम र आयोजक सत्यवती एकेडेमी “बि“ टीम बीच अन्तिम खेल भएको थियो ।
अन्तिम खेल सत्यवती एकेडेमी वि र समैजी मावि टीम बिच भएको खेलको सुरुवाती समयमा समान शून्य गोलमा रहेको थियो भने हाफ पछि सत्यवती एकेडेमीले पहिलो गोल हानेर जितको नजिक पुगेको थियो । यस्तै खेलको अन्तिम समय सम्म सत्यवती एकेडेमीले समैजी माध्यमिक विद्यालयलाई १–० मा पराजित गरी प्रतियोगिताको विजेता बनेको छ ।
उपाधि जितेको आयोजक सत्यवती एकेडेमी (वि) ले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ । यस्तै उप विजेता जमुनानगरको समैजी माध्यमिक विद्यालयले १० हजार नगद पुरस्कार सहित ट्रफी मेडल प्राप्त गरेको छ ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता समापन भएको थियो ।