सत्यवती छात्र फुटबल कप विजेता बन्यो आयोजक सत्यवती एकेडेमी
खेलप्रति आकर्षित गर्न विद्यालयले ग्रासरुट तहबाट खेलकुद संचालन गरेको छ : संस्थापक कडायत
अत्तरिया : गोदावरी नगरपालिका वडा नं २, अत्तरियामा रहेको सत्यवती एकेडेमीको आयोजनामा प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको को विजेता आयोजक सत्यवती एकेडेमी (वि) ले हात पारेको छ।
कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगिता २३ विद्यालयका टिमबीच भएको प्रतिस्पर्धामा बुधबार समैजी माध्यमिक विद्यालय टीम र आयोजक सत्यवती एकेडेमी बि टीम बीच अन्तिम खेल भएको थियो।
अन्तिम खेल सत्यवती एकेडेमी वि र समैजी मा वि टीम बिच भएको खेलको सुरुवाती समयमा समान शून्य गोलमा रहेको थियो भने हाफ पछि सत्यवती एकेडेमीले पहिलो गोल हानेर जितको नजिक पुगेको थियो। यस्तै खेलको अन्तिम समय सम्म सत्यवती एकेडेमीले समैजी माध्यमिक विद्यालयलाई १\० मा पराजित गरी प्रतियोगिताको विजेता बनेको छ।
उपाधि जितेको आयोजक सत्यवती एकेडेमी (वि) ले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ। यस्तै उप विजेता जमुनानगरको समैजी माध्यमिक विद्यालयले १० हजार नगद पुरस्कार सहित ट्रफी मेडल प्राप्त गरेको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता बुधबार समापन भएको थियो।
अन्तिम खेलको प्लेयर अफ दि म्याच सत्यवती एकेडेमीका खेलाडी दिपेश मल्ल भएका थिए। भने वेस्ट डिफेन्डरमा नवीन विष्ट भएका थिए।
सर्वाधिक गोलकर्ता खेलमा ५ गोल हानेर लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्स नागरीले उच्च स्कोरर भएका थिए। भने वेस्ट कीपर समैजी माध्यमिक विद्यालयका प्रशान्त गहमगर भएका थिए भने खेल अवधि भरी उत्कृष्ट खेल प्रदर्शन गरी प्लेयर अफ दि टुर्नामेन्ट सत्यवती एकेडेमीका सुशान्त माली भएका थिए। साथै उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल र ट्रफी प्राप्त गगरिएको थियो।
खेलप्रति आकर्षित गर्न विद्यालयले ग्रासरुट तहबाट खेलकुद संचालन गरेको छ : संस्थापक कडायत
समापन कार्यक्रममा सत्यवती एकेडेमीका संस्थापक विर बहादुर कडायतले विद्यार्थीहरूलाई खेलप्रति आकर्षित गर्न विद्यालयले ग्रासरुट तहबाट खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए। खेलकुदमार्फत विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन तथा खेलप्रतिको दृष्टिकोण र अवसरहरू विस्तार गर्ने उद्देश्यले ग्रासरुट कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए।
उनले सत्यवती एकेडेमी विद्यालय पढाउने मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित रहेर कार्य गर्दै आएको बताए । “पढाइसँगै जीवन जिउने कला पनि सिकाउनु आवश्यक छ। सबल र सक्षम जीवनका लागि आवश्यक पर्ने हरेक सीप विद्यालय मार्फत प्रदान गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढिरहेका छौं,” उनले भने ।
विद्यार्थीहरूको फुटबलप्रतिको समर्पण र उत्साहले आफूलाई निकै प्रेरित बनाएको बताउँदै कडायतले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद प्रतियोगिताहरूलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने घोषणा गरे। यस्तै विद्यार्थीहरुलाई ग्रासरुट लेभल बाट नै खेल प्रति प्रेरित गराउन एकेडेमीले सामुदायीक तर्फ २१ आधारभूत विद्यालयमा हरेक विद्यालयलाई २ बल वितरण गरेको छ । साथै समापन समारोहमा १३ आधारभूत विद्यालय र २ क्लबलाई (दुई-दुई) बल वितरण गरेको छ।
साथै खेलको समापन कार्यक्रममा अत्तरियाका युवा खेलाडी विनोद दर्लामी मगरले समैजी माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी अनिश नेपालीलाई फुटबल बूट सहयोग गरेका हुन्। मगरले खेलप्रति रुचि र प्रतिभा भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बताए।