एमाले उपमहासचिवमा लेखराज भट्ट सर्वाधिक मत सहित विजयी

काठमाडौं : नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन्। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट भट्ट, भट्टराई र महासेठ विजयी भएका हुन्।

२२ सय २७ खसेको मतमा भट्टले सर्वाधिक १४ सय ५२ मत पाए। यस्तै महासेठले १३ सय ६८ र भट्टराईले १३ सय ४८ मत ल्याएर विजयी भएका हुन्।

एमालेको विधान अनुसार तीन जना उपमहासचिव रहने व्यवस्था छ। ११ औँ राष्ट्रिय महाधिवेशनमा आनन्द प्रसाद पोख्रेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र प्रसाद गौतम, लेखराज भट्ट, विष्णु प्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उम्मेदवारी दिएका थिए।

विजयी भएका भट्ट र रघुवीर महासेठ केपी शर्मा ओली प्यानल र भट्टराई ईश्वर पोखरेल प्यानलबाट विजयी भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.