बैतडीमा ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते

बैतडी, ५ पुस : बैतडीको पाटनमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ हिरापुर नजिकै डुबानी भन्ने ठाउँमा शनिबार बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा.८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुवै सवारी साधन बैतडीबाट धनगढीतर्फ गइरहेका बुझिएको छ । मोडमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए ।
दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ बर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० बर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ बर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ बर्षीय केशवराज जोशी घाइते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । दुर्घटना हुँदा अल्टो सडकबाट करीब ५ मिटर तल खसेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.