दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी : दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका ३ को भैसे बगरमा सुपप्र०१००१ च २६०४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जीपमा सवार जोशी दुर्घटना भएपछि सोही जीपले च्यापिएको अवस्थामा घाइते भेटिएका थिए ।

उनको उद्दार गरेर उपचारका लागि मार्मा आधारभूत स्वास्थ चौकीमा पुगाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो।

चालक मार्मा गाउँपालिका ६ सेरी बस्ने २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनियन्त्रित भएर जीप सडकबाट करीब दुई सय मिटर तल खसेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.