धनगढी : कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका जनक चौधरीले ३ सय ४८ मतले अग्रता लिएका हुन् ।
१ हजार १ सय ६४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ सय ४१ मत ल्याएका छन् । रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालले उनलाई समर्थन गरेको थियो ।
त्यस्तै रास्वपाकी कोमल ज्ञवालीले पनि २ सय ४१ मत ल्याएकी छन् ।