धनगढी : प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्द भारी मतले विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको पकड क्षेत्र मानिने कैलाली ५ मा झण्डै २० हजार मतको अन्तरले चन्द निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार चन्दले ३१ हजार ९ सय ५३ मत प्राप्त गरेका हुन। उनका निकटतम प्रतिद्वन्द्वी मानिएका नेपाली कांग्रेसका नरनारायण शाह मुनुले ११ हजार ९ सय ५८ मत प्राप्त गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८ सय ७६ मत प्राप्त गरेका छन्।
आलेले यस अघिका प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट लगातार तीनपटक चुनाव जितेका थिए। यसपटक आफ्नो चुनावी मैदान कैलाली क्षेत्र नम्बर ३ लाई बनाएका आले तेस्रो स्थानमा समेटिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले ५८३९ मत प्राप्त गरे । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारालाल राणाले १ हजार ७ सय ५५ मत ल्याएका छन् ।