अछाम : अछाम क्षेत्र नम्बर १ नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी भएका छन्। उनले १० हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३० मत ल्याए।
नेकपा एमालेका दीपक साउदले ७ हजार ३८६ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरे।