धनगढी । धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका ७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
जोशीको उनकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको जनाएको छ । प्रहरीका अनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् ।
राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । उनको टाउकोमा कुनै धारिलो हतियार प्रहार गरेको देखिएको छ।
अहिले शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । फरार फरार जोशीको खोजी जारी रहेको जनाएको छ ।