बाजुरामा एमालेलाई पराजित गर्दै काँग्रेस नेता जनक गिरी विजयी

धनगढी । बाजुरामा कांग्रेसका ६० वर्षीय जनकराज गिरी प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । गिरीले १७ हजार १७३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले भने १६ हजार ६३३ मत ल्याए। ५४० मत गिरी अव संसदमा जाँदैछन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाई गाउँका गिरी कांग्रेस पुराना तथा अनुभवी नेताका रुपमा चिनिन्छन्। उनी गगन थापाको नेतृत्वमा बनेको नयाँ टिममा केन्द्रीय सदस्य समेत हुन्।

यो पटक चुनाव जितेर गिरी २९ वर्षपछि फेरि सङ्घीय ससंद छिर्दैछन्। गिरी ०५६ को आम निर्वाचनमा बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। सो बेला सरकारमा भूमिसुधार राज्यमन्त्री सबेत बनेका थिए। सङ्घीयता कार्यान्वयन पश्चात् भएको पहिलो २०७४ सालको चुनावमा उनी बाजुराबाट सुदूरपश्चिम प्रदेश सभा अन्तरगत क्षेत्र १ को नम्बर क बाट उम्मेदवार थिए।

सो बेला उनी एमालेका बलदेव रेग्मीसँग पराजित भए। एमालेका रेग्मीले ९ हजार ८४० मत ल्याए भने, गिरीले ८ हजार ३११ मत ल्याएका थिए। यस पटक भने गिरीले जित दर्ता गर्दै सिँधै सङ्घीय ससंदमा जान यात्रा पक्का गरे।

लोकतन्त्रको रक्षाका लागि र जिल्लाको विकासका लागि आफूले विगतमा पूरा गर्न नसकेका काम पूरा गर्न उनले मत दिनुपर्ने जनतालाई भनेका थिए। अव चुनाव जितिसकेपछि आफूले जनाका आवश्यकता अनुसार काम गर्ने उनको भनाई छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.