सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य रणनीति सार्वजनिक

धनगढी : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य रणनीतिक योजनाको सार्वजनिकरण गरिएको छ । सुदूरपश्चिम प्रदेशको विभिन्न दातृ निकायको सहयोगमा तयार गरिएको रणनीतिक योजना बुधबार एक कार्यक्रमका बिच सार्वजनिकरण गरिएको हो ।

युएनएफपी लगायत दातृ निकायको सहयोग तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रममा प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खडका प्रमुख अतिथि रहेकी थिईन । प्रमुख अतिथि खडकाले अब तयार भएको यो रणनीतिक योजनाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा सुधार हुने बिश्वास ब्यक्त गरिन । उनले ठुलो मेहनत गरि निर्माण गरिएको यो योजना लागू गर्न प्रदेश सरकार प्रतिबद्द रहेको बताईन ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको अध्यक्षता भएको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख रमेश मलासीले प्रस्तुती राखेका थिए । कार्यक्रममा विभिन्न दातृ निकायका प्रतिनिधि संगै सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.