मोहन्यालमा स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु

धनगढी : कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

मोहन्याल गाउँपालिका–३ बुढीआमकी २२ वर्षीया दुर्गा बिकलाई सोमबार सुत्केरी व्यथा सुरु भएपछि परिवारले उनलाई स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए। उनी फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्रतर्फ जाँदै गर्दा बाटोमा पर्ने जंगलमै शिशुलाई जन्म दिन बाध्य भइन्।

घटनाबारे जानकारी पाएपछि स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीसहितको टोली एम्बुलेन्स लिएर तत्काल घटनास्थल पुगेको थियो। टोलीले आमा र नवजात शिशुको उद्धार गरी आवश्यक प्राथमिक उपचार प्रदान गरेको जनाएको छ।

स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशु दुवैको अवस्था सामान्य रहेको पुष्टि भएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण अझै पनि महिलाहरूले यस्तो जोखिमपूर्ण अवस्था भोगिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.