धनगढी । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा रमित पाण्डे चयन भएका छन । आज धनगढीमा सम्पन्न महासंघको पाँचौँ अधिवेशनमा पाण्डे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
त्यस्तै उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सहसचिवमा रक्षा बागचन चयन भएका छन्। कोषाध्यक्षमा भरत रिमाल र सहकोषाध्यक्षमा यमुना साउद चयन भएकी छन्।
त्यस्तै सदस्यहरूमा ज्ञानु राना, रोहित नागरी, साबित्रा जोशी, प्रमेश चौधरी र जगत साउँद रहेका छन्। नयाँ कार्यसमितिबाट फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा व्यावसायिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।