सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरुले मंगलबार पदभाहार ग्रहण गरेका छन् । सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट, सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सेती प्रादेशिक अस्पतालको सगग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए । ‘यहाँ लाईनका समस्या बिरामीले खेप्नुपर्ने झन्झटीलोका कुरा छन्’ उनले भने ‘यस्लाई अध्ययन गरेर समाधानको बाटोमा अग्रसर हुन्छु ।’ सबैको सही सुझावको कार्यान्वयन गर्नका लागि आफ्नो पहिलो रोजाइमा पर्ने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.