काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।
बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ । त्यसक्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।
७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।