धनगढी । कैलालीको अत्तरिया बजारबाट सम्पर्क विहीन भएका प्रहरी जवान सकुशल भेटिएका छन् । डडेल्धुराबाट सशस्त्र प्रहरी गण धनगढी रवाना भएर फर्किएका अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बुधबार उनी अत्तरियास्थित बसपार्क क्षेत्रमा सकुशल भेटिएको बताए । साउदलाई परिवारको जिम्मा लगाइएको छ ।
साउँद डडेल्धुराबाट चढेर आएको से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकल पनि अत्तरियाको एक होटल नजिकै फेला परेको छ । उनी किन सम्पर्कविहीन भएका थिए ? भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।
सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा उनी सम्पर्कविहीन भएपछि दाजु नाता पर्ने सुरत तमोलीले बुधबार खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए ।
प्रदेश सशस्त्र प्रहरी गणबाट हालै जिप्रका डडेल्धुरा रवाना भएर गएका साउदलाई व्यक्तिगत आचारणको कारण देखाउदै जिल्लाले पुनः गणमै फिर्ता गरेको जनाएको छ ।