काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् । सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।
त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो । यससँगै अब रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको तयारी हुँदैछ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।