सुदूरपश्चिम सरकारमा खटपट, एमालेद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठक नेकपा (एमाले) ले बहिष्कार गरेको छ । उक्त बैठकमा मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका दुई मन्त्रीको उपस्थितिमा विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएको छ ।

टिकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा टिकापुर नगरपालिका–१ निवासी रामबहादुर भण्डारी नियुक्त भएका छन् ।
दार्चुला जिल्ला अस्पतालको अध्यक्षमा महाकाली नगरपालिका–५ निवासी तोरणप्रसाद अवस्थी नियुक्त हुँदा जिल्ला अस्पताल बैतडीको अध्यक्षमा दशरथचन्द नगरपालिका–३ निवासी धनबहादुर क्षेत्री नियुक्त भएका छन् ।

त्यस्तै जिल्ला अस्पताल बाजुराको अध्यक्षमा खप्तडछेडेदह गाउँपालिका–५ निवासी धनबहादुर रावत नियुक्त भएका छन् भने बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयपृथ्वी नगरपालिका–३ निवासी वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन् । बझाङ बाहेक अन्य सबै अस्पतालका अध्यक्षहरू कांग्रेसका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.