सुरु भयो अत्तरिया अस्पतालको सेवा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा निर्माण भएको अत्तरिया अस्पतालले बिहिबार देखि आफ्नो सेवा सुचारु गरेको छ । यस अस्पतालले प्रदेशकै सुविधा सम्पन्न दावी गरेको छ । निजी क्षेत्रको लगानीमा अत्तरियाको मुख्य बजार क्षेत्र महेन्द्रनगर रोडमा निर्माण गरिएको अस्पतालले आफ्नो सेवा सुचारु गरेको हो ।
अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले नयाँ बर्षको अवसर पारेर आजदेखि अस्पताल संचालनमा ल्याएको बताए । अस्पताल संचालनका लागि आफ्नै ५ तले सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ ।
हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.