सुदूरपश्चिममा तराईका जिल्लामा १ एक सय २२ वर्षयताकै गर्मी

अत्तरिया : जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले एक सय २२ वर्षपछि गत मार्चमा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताएका छन्। वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेकाले सतर्कता अपनाउन उनले आग्रह गरे। तराईका जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी भई (हिट वेब) तातो हावा चल्ने पूर्वानुमान गरिएको छ। वैशाख ५, ६ र ७ गते तराईमा लूको सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ स्थानमा वैशाख शुरु नहुँदै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.