महिला गोल्डकप : एपिएफ सेमिफाईनलमा
धनगढी : सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारम ापुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लब सँग प्रतिस्पर्धा गर्नेछ ।
एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् । पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् । अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन् । खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भईन् ।
वनदेवी युवाक्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक वनदेवी युवाक्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन् । यो अन्तिम क्वाटरफाईल खेल हो । यो खेलको विजेताले सेमिफाईनलमा विभागीय टीम नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
वैशाख १० गतेसम्म सञ्चालनहुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहितनगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिप्राप्तगर्नेछ ।
प्रतियोगितामा ओम्यान अफदी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोज कक्लबका अध्यक्ष सुसन जोशीले बताए ।