आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

अत्तरिया : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०\४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहराको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका विशिष्ठ अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.