धनाढ्य सूचीमा परेका रोहित तिवारीसँग लगन कस्दै अभिनेत्री केकी अधिकारी
काठमाण्डौँ : अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन्। हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग बिहीबार उनी विवाह बन्धनमा बाँधिने भएकी हुन्। बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका छन्। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।
रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।