दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, गाडीमा तोडफोड
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गाडीका शिशा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको जनाएको छ । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ ।
नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुव्र विष्टले बताए । विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए ।