गोदावरीमा मछेली खोलामा डुबेर एक युवकको मृत्यु
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १२ मा रहेको मछेली खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकाका अन्दाजी २२ वर्षीय विजय भट्टको मछेली खोलामा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका अनुसार महेन्द्रनगरबाट घुम्नका लागी आएका भट्टको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । भट्टको शव पोष्टमार्टमका लागी महाकाली अस्पताल महेन्द्रनगर पठाईएको प्रहरीले जनाएको छ । गर्मीको सिजन भएको हुँदा खोलमा नुहाउनेहरु बढ्दै गएका छन् ।