स्थानीय चुनावमा नेकपा समाजवादीले एकल उम्मेदवारी दिने

अत्तरिया : नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चुनावपछि एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेदवारी दिने निर्णय गरेको एकीकृत समाजावादीले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको खुलेको हो ।
५ दलले देशभर चुनावी गठबन्धन गरे पनि संगठन राम्रो पकड बनाएको समाजवादीले सम्मानजक उपस्थिति चाहेको थियो । माओवादी र कांग्रेसले एक्लाएक्लै बैठक राख्ने र समाजवादीलाई छायाँमा राख्ने रणनीति लिएपछि समाजवादीले छुुट्टै रणनीति अपनाएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनमा एकल उम्मेदवारी दिने समाजवादीले प्रदेश सरकारमा पहिलो दलको हैसियतले सरकारको दावी गर्छ । सम्भवतः जेठ पहिलो सातादेखि नै मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा टेवुल गर्ने जनाएको छ ।

गठबन्धनको सन्देश दिनकै लागी समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर कांग्रेसलाई २ महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराएको थियो । समाजवादीका एक नेताले भने–हामीले केन्द्रीय गठबन्धनलाई प्राथमिकतामा राख्यौं । गठबन्धनलाई नै बलियो बनाउन तल्लीन भयौं । सहेर बस्न सकिन्न । हामीलाई मात्रै गठबन्धन चाहिएको होइन । राष्ट्रको आवश्यकता हो । यसमा काग्रेस र माओवादी इमान्दार नभए हामी तुरुन्तै एक्सनमा जान्छौं ।

प्रदेश सभामा जम्मा ५२ जना सांसद छन् । नेकपा समाजवादीका १४ जना, माओवादीका १३ जना, काग्रेसका १२ जना, एमालेका सभामुख गरेर ११ जना, जसपाका १ र लोसपाका १ सांसद छन् । बहुमत पुर्याउन २७ जना सांसद चाहिन्छ । बहुमत कुनै दलको नभएको अवस्थामा संसदको ठुलो दलले हैसीयतले सरकार चलाउने सक्ने व्यवस्था संविधानले गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.