जुलस सहित राप्रपा गोदावरीले ग-याे मेयर र उप मेयरमा मनोनयन दर्ता

अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचन को लागि गोदावरी नगरपालिका मा मनोनयन दर्ता गरेको छ ।राप्रपाबाट गोदावरीको मेयरमा दुर्गा पोखरेल, उपमेयरमा माया बिष्टले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १२ वटै वडा मा वडा अध्यक्ष सहित सबै पदमा मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

मेयर, उपमेयर र वडा अध्यक्ष का उम्मेदवार सहित उसका कार्यकर्ता निर्बाचन अधिकृत को कार्यालय पुगेका छन् । तेघरीबाट बाजागाजा सहित अत्तरिया बजार हुँदै निर्बाचन अधिकृत को कार्यालय पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.