गोदावरी नगरपालिकाको मेयरमा टेक बिकको स्वतन्त्र उम्मेदवारी दर्ता
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मेयरमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । नेकपा एकिकृत समाजबादीका गोदावरी नगरकमिटीका अध्यक्ष टेक बहादुर बिकले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
सम्पन्न गोदावरी बासि, सम्बृद्ध गोदावरी भन्ने मुल नाराका साथ गोदावरी को बिकास तथा रुपान्त्रण का लागि आफुले उम्मेदवारी दिएको बताए ।
उनले समाजबादी पार्टी बाट नभै स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको बताए । गठबन्धनका दलहरु बिच गोदावरीमा एकिकृत समाजबादीलाई उपमेयर दिने समझदारी बनेको थियो । उपमेयरमा भने रत्ना कडायतले मनोनयन दर्ता गरेकी छन् ।