गोदावरीमा उपमेयर सहित ३ वडा अध्यक्षमा समाजबादी दल द्वारा मनोनयन दर्ता
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको उपमेयरमा एकीकृत समाजवादीले उपमेयर सहित केही वडा अध्यक्षमा मनोनयन दर्ता गरेको छ ।
एकिकृत समाजवादीबाट उपमेयरमा रत्ना कडायतले मनोनयन दर्ता गरेकी हुन । त्यस्तै वडा नम्बर ५ को वडा अध्यक्षमा कर्ण बोहराले र ११ को वडा अध्यक्षमा शिवबहादुर बिकले मनोनयन दर्ता गरेका हुन । त्यस्तै वडा नम्बर ३ को वडा अध्यक्षमा दलबहादुर साउँदले मनोनयन दर्ता गरेका हुन ।
गोदावरीमा काँग्रेस माओबादी सँग तालमेल गर्ने गरी उपमेयर र केही वडामा मात्रै उम्मेदवारी दर्ता गरेको जनाएको छ ।