धनगढी उपमहानगरपालिकाको मेयरमा १० र उपमेयरमा सात जनाको उम्मेदवारी
धनगढी : धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि दश जनाको उम्मेदवारी दर्ता भएको छ। भने यस्तै उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनकालागि सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा मेयर उपमेयर पदमा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख तथा मेयर पदका लागी सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड,नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रणबहादुर चन्द,लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा,सचेत नेपाली पार्टीबाट भारती थापा,नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर,राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट ९मुकुन्द०ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।
यस्तै उपप्रमुख तथा उपमेयर पदमा एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।