धनगढीमा सवा करोड लगानीको रेमण्ड शप सञ्चाल आउदैँ, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

अत्तरिया : धनगढीमा रेमण्ड शप सञ्चालनमा आउने भएको छ । शपको बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उद्घाटन गर्ने छन् ।
सवा करोड रुपैयाँ लगानीमा रेमण्ड शप सञ्चालन हुन लागेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट २०५१ सालमा दुई वटा सिलाई मेसिनबाट सुरु भएको व्यवसायी अहिले रेमण्ड सम्म पुगेको सञ्चालक प्रकाश दर्जीले बताए ।
२०६४ मा धनगढीमा मोडर्न तयारी पोशाक नाम दिएर सञ्चाल गरेको हो । यस्तै ग्राहकको चाहनालाई मध्यनजर गरेर २०६९ बाट सुटगढीसमेत सञ्चालन गर्दै आएको छ । सञ्चालक दर्जीले बताए ।
धनगढीको एलएनचोकमा सुटगढी रहेको भवनमा रेमण्ड शप सञ्चालन हुन लागेको हो । सञ्चालक दर्जीका अनुसार रेमण्ड सपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिने छ । रेमण्ड विश्वमै लोकप्रिय भारतको कम्पनी हो । सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ । धनगढीमा प्रतिमिटर एक हजार छ÷सात सयदेखि १०÷११ हजार रुपैयाँ रेमण्डको कपडा राखिएको दर्जीले बताए ।
रेमण्डको फेबरिक धनगढीको लागि एकदम नयाँ रहेको उनले जनाए । धनगढीमा रेमण्ड शप नेपालकै तेस्रो वा चौथो रहेको बताए । ‘काठमाण्डौं, नारायणघाटमा रेमण्ड शप छ तर, धनगढीका लागि बिल्कुलै एकदम नयाँ हो’, दर्जीले भने ।
धनगढीको रेमण्ड शपमा २५÷२६ जनाले रोजगारी पाउने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.