अत्तरिया : अधिकांश नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ वटा स्थानीय तहका जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । प्रदेशको बाजुराको बूढीनन्दा नगरपालिकामा भने निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ । विवादका कारण मतगणना सुरु हुन नसकेपछि आयोगले यो पालिकामा पुनस् मतदान गर्ने निर्णय गरेको हो ।
स्थानीय निर्वाचन सकिएसँगै दलहरू जिल्ला समन्वय समिति (जिसस) बनाउन अग्रसर भएका छन् । यसपालिको स्थानीय निर्वाचनपछि सुदूरपश्चिममा पहिलो पार्टी नेपाली कांग्रेस बनेको छ । पहिलो पार्टी बनेसँगै कांग्रेसले जिल्ला समन्वय समितिमा पनि आफ्नो पकड बनाउने देखिएको छ ।
कञ्चनपुर, डडेल्धुरा, डोटीमा कांग्रेसको एकलौटी ढंगले जिल्ला समन्वय बन्ने भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला समन्वय समितिमा गठन हुनेछन् । जिल्लामा रहेका स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ ।
कैलाली
कैलालीमा १३ वटा स्थानीय तह छन् । जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो । यहाँ एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन । कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ । कांग्रेसको मतभार ८ रहेको छ ।
त्यस्तै, एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ । उसको मतभार ५ रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टीकापुर नगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ । उसको मतभार ४ छ । एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुख मात्रै जितेकाले उसको मतभार १ रहेको छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्षरउपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्षरउपाध्यक्ष, टीकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुखरउपप्रमुख जितेको छ । उसको मतभार ७ रहेको छ । धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ । यहाँ गठबन्धन दलले सहमति गरे पनि जिल्ला समन्वय समिति बनाउने स्थिति देखिएको छैन ।
स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरूले समन्वय समिति बनाउन सक्नेछन् । एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन । यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ ।
दार्चुला
दार्चुलामा ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ । तर, जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन । तर, एमाले र नेकपा माओवादी केन्द्र मिलेर भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ ।
सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मत भार छैन । एमालेले दुहु गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ । उससँग ८ वटा मतभार रहेको छ ।
कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहु गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ । उसको ४ मतभार रहेको छ । त्यस्तै, माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका उपाध्यक्ष, मार्मा गाउँपालिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष र लेकम गाउँपालिका अध्यक्ष जितेको छ । उसको मतभार ६ रहेको छ ।
कांग्रेस र माओवादी केन्द्रको १० मतभार रहेकाले चुनावमा तालमेल गरे अनुसार उनीहरूले जिल्ला समन्वय समितिको गठनमा पनि सहमति गरेर गठन गर्न सक्ने देखिएको छ ।
बैतडी
बैतडीमा १० वटा स्थानीय तह छन् । यो जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि मतभारको संख्या २० छ । बैतडीमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत पुग्दैन । २० मतभार रहेको बैतडीमा एक्लै समन्वय समिति बनाउनका लागि कम्तिमा ११ मतभार आवश्यक हुन जान्छ ।
बैतडीमा कांग्रेसको मतभार ९ छ । उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुखरउपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
एमालेको मतभार ८ रहेको छ । एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ ।
माओवादी केन्द्रको मतभार २ रहेको छ । उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ । त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यहाँ कांग्रेस(एमाले मिले जिल्ला समन्वय समिति गठन हुनेछ । यदि कांग्रेसले साथ नदिए एमालेले स्वतन्त्र र माओवादीको सहयोगमा जिसस गठन गर्ने सम्भावना छ ।
डडेल्धुरा
डडेल्धुरामा सात स्थानीय तहमा १४ मतभार रहेको छ । कांग्रेससँग एक्लै डडेल्धुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार छ । ऊससँग १० मतभार रहेको छ ।
कांग्रेसले डडेल्धुरामा अजमेरु गाउँपालिका उपाध्यक्ष, अमरगढी नगरपालिका प्रमुखरउपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्षरउपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख र भागेश्वर गाउँपालिका अध्यक्षरउपाध्यक्ष जितेको छ ।
यहाँ नेकपा माओवादी केन्द्रको मतभार ४ रहेको छ । उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्षरउपाध्यक्ष र परशुराम नगरपालिका उपप्रमुख जितेको छ ।
कञ्चनपुर
कञ्चनपुरमा रहेका ९ स्थानीय तहमा जिल्ला समन्वय समितिका लागि आवश्यक मतभार संख्या १८ हो । यहाँ कांग्रेस एक्लैले बहुमत ल्याएकाले सहजै जिल्ला समन्वय समिति गठन गर्नसक्ने छ । कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखरउपप्रमुख, वेदकोट नगरपालिकाको प्रमुखरउपप्रमुख, कृष्णपुर नगरपालिकाको प्रमुखरउपप्रमुख, पुनर्वास नगरपालिकाको प्रमुखरउपप्रमुख तथा बेलडाँडी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष जितेको छ ।
उसले शुक्लाफाँटा, दोधाराचाँदनी नगरपालिकामा उपप्रमुख जितेको छ । यसरी कांग्रेसको एक्लै १२ मत भार रहेको छ । त्यस्तै, एमालेले शुक्लाफाँटा नगरपालिका प्रमुख, दोधाराचाँदनी नगरपालिका प्रमुख, बेलौरी नगरपालिका उपप्रमुख र लालझाडी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष जितेको छ । एमालेसँग ५ मतभार रहेको छ भने बेलौरी नगरपालिकाको प्रमुख मात्रै जितेको माओवादी केन्द्रसँग १ मतभार रहेको छ ।
बाजुरा
बाजुरामा ९ वटा स्थानीय तह छन् । यहाँ स्थानीय तहको मतभार संख्या १८ रहेको छ । बाजुरामा बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरिएको छ । बाँकी मतपरिणाम सार्वजनिक भएका ८ मध्ये एमालेले ५ स्थानीय तहमा प्रमुखरअध्यक्ष र चार स्थानीय तहमा उपप्रमुखरउपाध्यक्ष जितेको छ ।
बूढीनन्दामा स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन् । एमालेसँग ९ मतभार रहेको छ । एमालेले गौमुल गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, खप्तड छेडदह गाउँपालिकामा अध्यक्ष, जगन्नाथ गाउँपालिकामा अध्यक्षरउपाध्यक्ष, बडिमालिका नगरपालिकामा प्रमुखरउपप्रमुख, बूढीनन्दामा प्रमुख र हिमाली गाउँपालिकामा उपाध्यक्षमा जित हासिल गरेको छ ।
कांग्रेसले भने खप्तड छेडदह गाउँपालिकाको उपाध्यक्ष, त्रिवेणी नगरपालिकाको प्रमुखरउपप्रमुख, स्वामी कार्तिक खापर गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष तथा हिमाली गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले जितेका स्थानीय तहअन्तर्गत मतभार ६ रहेको छ ।
अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अन्तर्गत एमालेले सबैभन्दा धेरै तह जितेकाले एक्लै उसले जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ । बूढीगंगामा कांग्रेसले जिते पनि एमालेको अहिलेको मतभार भन्दा कम नै हुनेछ ।
अछाम
अछामका १० वटा स्थानीय तहको मतभार संख्या २० छ । त्यहाँ कांग्रेसले ६ पालिकाको प्रमुखरअध्यक्ष र ४ स्थानीय तहमा उपप्रमुखरउपाध्यक्ष जितेको छ । उसको मतभार १० रहेको छ । कांग्रेसले कमलबजार नगरपालिका प्रमुख, चौरपाटी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, ढकारी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखरउपप्रमुख, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिका उपाध्यक्ष र रामारोशन गाउँपालिकाको अध्यक्ष जितेको छ ।
उसले साँफेबगर नगरपालिका प्रमुख जितेको छ । कांग्रेसलाई एकल जिल्ला समन्वय समिति बनाउन बहुमत छ । एमालेको मतभार भने ६ रहेको छ ।
एमालेले कमलबजार नगरपालिका उपप्रमुख, तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष र मंगलसेन नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । माओवादी केन्द्रसँग २ मत रहेको छ । उसले मेल्लेख गाउँपालिकाको प्रमुख र रामारोशन गाउँपालिकाको उपाध्यक्ष जितेको छ । साँफेबगर नगरमा उपप्रमुख भने नेकपा समाजवादीले जितेको छ ।
बझाङ
बझाङमा १२ वटा स्थानीय तह छन् । यहाँ स्थानीय तहको मतभार संख्या २४ छ । बझाङमा कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुखरअध्यक्ष र पाँच वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ । उसको मतभार ११ छ ।
कांग्रेसले केदारस्युँ गाउँपालिका उपाध्यक्ष, खप्तडछान्ना गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका प्रमुख, थलारा गाउँपालिका उपाध्यक्ष, दुर्गाथली गाउँपालिका उपाध्यक्ष, बुंगल नगरपालिका प्रमुख, मष्टा गाउँपालिका अध्यक्ष, बित्थडचिर गाउँपालिका अध्यक्षरउपाध्यक्ष, सुर्मा गाउँपालिका अध्यक्षरउपाध्यक्ष जितेको छ ।
यहाँ एमालेले तीन स्थानीय तहमा प्रमुखरअध्यक्ष र दुईमा उपाध्यक्ष जितेको छ । एमालेको मतभार संख्या ५ मात्रै रहेको छ । एमालेले बझाङमा साइपाल गाउँपालिका अध्यक्षरउपाध्यक्ष, तलकोट गाउँपालिका अध्यक्षरउपाध्यक्ष र थलारा गाउँपालिकामा अध्यक्ष जितेको छ ।
माओवादी केन्द्रले जिल्लामा दुई पालिकाकोमा प्रमुखरअध्यक्ष, तीनमा उपप्रमुखरउपाध्यक्ष जितेको छ । माओवादीले खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका उपप्रमुख, दुर्गाथली गाउँपालिका अध्यक्ष र मष्टा गाउँपालिका उपाध्यक्ष जितेको छ । उसको मतभार ५ रहेको छ ।
एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिका अध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष र बुंगल नगरपालिका उपप्रमुख जितेको छ । उसको मतभार संख्या ३ रहेको छ । बझाङमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठन गर्नसक्ने मतभार छैन । त्यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जिल्ला समन्वय समिति गठन गर्नसक्ने देखिएको छ ।
डोटी
डोटीमा ९ वटा स्थानीय तह छन् । यहाँ स्थानीय तहको मतभार संख्या १८ छ । डोटीमा कांग्रेसले ७ स्थानीय तहमा प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्ष जितेको छ । उसले एक स्थानीय तहमा उपाध्यक्ष जितेको छ । डोटीमा कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गर्न सक्ने बहुमत छ ।
कांग्रेससँग १५ मतभार रहेको छ । एमालेसँग दुई र माओवादी केन्द्रसँग एक मात्रै मतभार रहेको छ । डोटीमा कांग्रेसले आदर्श गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,केआईसिंह गाउँपालिका अध्यक्षरउपाध्यक्ष, दिपायल सिलगढी नगरपालिका प्रमुखरउपप्रमुख, पूर्वीचौकी गाउँपालिका अध्यक्षरउपाध्यक्ष, बडीकेदार अध्यक्षर उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष, शिखर नगरपालिका प्रमुख उपप्रमुख र सायल गाउँपालिका अध्यक्षरउपाध्यक्ष जितेको छ ।
एमालेले भने जोरायल गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष मात्रै जितेको छ ।
कांग्रेस सुदूरपश्चिममा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ । ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ प्रमुखरअध्यक्ष जितेको छ । उसले ४७ पालिकामा उपप्रमुखरउपाध्यक्ष जितेर पहिलो पार्टी बनेको छ ।
यसपालि यहाँ एमाले दोस्रो पार्टी बनेको छ । उसले २५ वटा स्थानीय तहमा प्रमुखरअध्यक्षमा जित हासिल गरेको छ । एमाले २४ स्थानीय तहमा उपप्रमुखरउपाध्यक्षमा जित निकालेको छ ।
माओवादी केन्द्र १४ स्थानीय तहमा प्रमुखरअध्यक्ष जित्दै तेस्रो पार्टी बनेको छ । उसले ११ पालिकामा उपप्रमुखरउपाध्यक्षमा जित हासिल गरेको छ । चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति बनेको छ । उसले कैलालीमा मात्रै ४ वटा स्थानीय तहमा प्रमुखरअध्यक्षमा जित हासिल गरेको छ भने ३ वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ ।
नेकपा एकीकृत समाजवादीले २ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि २ स्थानमा जितेको छ । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवारले प्रमुख जितेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन् ।