कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ ३० गते
धनगढी : जिल्ला निर्वाचन कार्यालय कैलालीले जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३० गते हुने भएको छ । २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान हुँदा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। यस्तै ३० गते जिसस कैलालीमा विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष छन्।यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ।