गौरीगंगामा नेपाली काँग्रेस ६ र एकीकृत समाजवादी २ सीटमा विजयी

अत्तरिया : कैलालीको गौरीगंगा नगर कार्यपालिका पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस छ सीट जित्दै बहुमत कायम गरेको छ । नगर कार्यपालिकाका लागि महिला तथा दलित वा अल्पसंख्यक सदस्यका लगायत ८ पदमा भएको निर्वाचनमा १६ जनाको उम्मेदवारी परेको थियो ।
जसमा नेपाली काँग्रेसले ६ सीटमा विजयी प्राप्त गरेको छ । भने बाँकी २ सीटमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जित हासिल गरेको छ ।
महिला सदस्यतर्फ नेपाली काँग्रेसकी रुपादेवी जैशी, लक्ष्मीदेवी विक, हरिना देवी खाती र उर्मिला बम र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की जानकी देवी चौधरी विजयी भएकी छन् ।
त्यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा नेपाली काँग्रेसकी विशाल खवास, इन्द्रकली देवी विश्वकर्मा र नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का मदन नेपाली विजयी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.