अघोषित लोडसेडिङ विरुद्ध धनगढीमा प्रदर्शन

धनगढी,१८ जेठ : धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
युवाहरुले मंगलबार राति धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापरबाही ग्राह सेवाको नम्बर होल्डमा राख्ने लगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । धनगढीमा अघोषित लोडसेडिङ गरेको आरोप लगाउँदै विद्यार्थी र युवाहरुले विद्युत् कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले धनगढी चौराहा देखी विद्युत कार्यालय धनगढी वितरण केन्द्र अगाडि, दलालहरूलाई ठाउँ छैन, कुर्सी फालेर राखिदिन्छौ, दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडीङ गर्न पाइँदैन, व्यापारी सँग साँटघाट गर्न पाइँदैन, दलालको खुट्टा भाँचिन्छ, ह्वील चियर लिएर राखिन्छ, दलाल प्रमुख मुर्दावाद, यस्तो प्रमुख चाहिँदैन, राजीनामा दिनैपर्छ ।

राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद, अनेरास्वीयु जिन्दाबादु लगायतका नारा लगाएका थिए । युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.