इलाका प्रहरी कार्यालय सुखड बाट एक थुनुवा कैदी हतकडीसहित फरार

धनगढी,१९ जेठ : कैलालीको इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएको छ । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका छन् ।

जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डीएसपी० वेद जोशीले जानकारी दिए ।

दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो ।अहिले फरार भएका थुनुवालाई खेजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.