कैलारी गाउँपालिकाद्वारा विद्युत प्राधिकरणलाई ६ बुँदे ज्ञापन पत्र

धनगढी,१९ जेठ : कैलालीको कैलारी गाउँपालिकाले ६ बुँदे माग सहित नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशलाई ज्ञापन पत्र बुझाएको छ ।
विहीबार कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख, क्षेत्रीय डायरेक्टर जंगबहादुर चन्दलाई कैलारी गाउँपालिकामा पूर्वाधार सहित कृषि मिटरको उपलब्धता गराउनु पर्ने लगायत ६ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको गाउँपालिका प्रवक्ता दिपेन्द्र बहादुर बमले बताए ।
ज्ञापन पत्रमा पूर्वाधार सहित कृषि मिटरको उपलब्धता गराउनु पर्ने, सहज सुलभ रुपमा विद्युत सेवाको उपलब्धता, नियमित विद्युत सेवाको उपलब्धताका लागि आवश्यकता अनुसार ट्रान्सफर जडान, उद्योग तथा कलकारखाना संचालनको लागि थ्रिफेज लाइन विस्तार गर्नु उल्लेख गरिएको छ ।
त्यस्तै विद्युत महशुल सुलभ रुपमा बुझाउनका लागि विद्युत काउन्टरको स्थापना तथा संचालन र कैलारी गाउँपालिकाका बजार क्षेत्रका सडकहरुमा बत्ती जडानका लागि आवश्यक सहयोग तथा समन्वय गर्नुपर्ने माग राखेको गाउँपालिका प्रवक्ता बमले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.